दफा ३२
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) समितिले केन्द्रले गर्नु पर्ने कार्य सुचारु रुपले सम्पादन गर्नको लागि आवश्यकता अनुसार विषयस“ग सम्बन्धित विशेषज्ञ समेत रहेको उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ । 
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यावधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले तोकिदिए बमोजिम हुनेछ ।